पुगिसक्यौँ लिम्पियाधुरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुगिसक्यौँ लिम्पियाधुरा


३१ जेष्ठ २०७७, शनिबार


पुगिसक्यौँ लिम्पियाधुरा, अब फर्किनु हुन्न ।
भारतका नाजायज कुराले, हामी थर्किनु हुन्न ।

उनीहरू त हामीलाई, फुटाउन खोज्दै छन्,
उनकै इसारामा लागि, हामी चर्किनु हुन्न ।

रात रहे अग्राख पलाउँछ, नगरौँ अब बेर,
छिट्टै वार्ता सुरु गरौँ, समय घर्किनु हुन्न ।

आजसम्म वेदनाले कति रोइन् नेपाल आमा,
फेरीपनि उनको आँसु, अब दर्किनु हुन्न ।

उच्च स्वरले कराएर, हामीलाई गलत देखाउँदै छन्,
वार्ता गरौँ प्रमाण पेसौँ, हामी चैँ झर्किनु हुन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस