कोरोना निर्मूल हुनेछ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना निर्मूल हुनेछ


३१ जेष्ठ २०७७, शनिबार


आज विश्वभर फैलिएको रोगको मुहान
भन्छन सबले चिनको बुहान
नअपनाए सतर्कता
पुर्‍याउँछ रे ! चिहान ।

अस्त्रशस्त्रले ढलाउन नसक्ने
औषधिले गलाउन नसक्ने,
युरोपलाई रुवाइदिने,
अमेरिकालाई सुताइदिने,
प्रकृति जित्ने सपना तुहिएको छ
आज विश्वमा पक्षघात भएको छ ।

दन्क्यो कोरोना आगो दनदन
बनाइदियो बालक वृद्ध थरथर
विद्यालय कलेज खुलेन
उद्योग धन्धा छोडेन ।

वैज्ञानिक प्रयासरत छन्
तर, अनुसन्धान ओछ्यानमा थलिएका छन्
विश्वविजेतामा अश्रुग्याँस छर्किएको छ,
तैपनि कमाउधन्दा स्वास्थ्यमा चर्किएको छ,
प्लेगको सम्झना गराएको छ,
स्वास्थ्यमा लगानी बढाएको छ,
हुँदा खाने भोकमरीले आत्तेका छन्
व्यक्तिगत सामग्री नहुँदा स्वास्थ्यकर्मी नै
संक्रमित भै रोग सार्न बाध्य छन् ।

तर पनि कोहि नआत्तिऔँ
रोग जित्ने भनि कोहि नमात्तिऔँ,
रत्तिभर स्वार्थ नराखौँ,
सरकारी निर्देशन पालना गरौँ,
एक्लो हुँदा एकलकाटे नसोचौँ,
मास्क ग्लोब प्रयोग गरौँ ।

हात धोऔँ,
सेनिटाइजर प्रयोग गरौँ,
स्वास्थ्यकर्मीलाई हात र साथ दिऔँ
पmेसबुके समाचार हैन,
स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति हेरौँ
बिगतलाई सम्झिऔँ,
अध्ययनमा ब्यस्त होऔँ
उपन्याससँग लडिबुडि खेलौँ
कथा कवितासँग बाघचाल खेलौँ,
एकदिन सुनौलो बिहानी आउनेछ,
सबै सजग भए कोरोना निर्मूल हुनेछ ।।

Tags :
प्रतिक्रिया दिनुहोस