बिरामी बोक्ने एम्बुलेन्समा गाँजा, तेलको ट्याङ्करमा रक्सी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा, तेलको ट्याङ्करमा रक्सी


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । प्रहरीले अल्पाइन मेडिकल कलेज सिमरा बाराको एम्बुलेन्सबाट ५६ केजी लागुऔषध गाँजा बरामद गरेको छ ।

बुधवार बिहान साढे ८ बजे पर्साको वीरगन्ज महानगरपालिका – २६ स्थित रामपुर टोलमा ना४च८५९९ नं को एम्बुलेन्सबाट ५६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

उक्त नम्बरको एम्बुलेन्स र ५६ केजी गाँजासहित सर्लाही लालबन्दी –१५ का २३ वर्षीय जीत बहादुर वाईवा, सोही ठाउँ बस्ने २२ वर्षीय दिल बहादुर वाइवा, बहुदरमाई नगरपालिका – ५ बस्ने ३२ वर्षीय हरिशंकर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै तेलको ट्याङ्करमा भारततर्फ लैजाँदै गरेको रक्सी पनि प्रहरीले बरामद गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ति चोकबाट प्रहरीले विभिन्न पमिाणका रक्सीसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस