नेकपा सचिवालय बैठक स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालय बैठक स्थगित


२७ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो ।

नेकपा स्रोतका अनुसार प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको हो । बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

आइतबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस