सन्धिखर्क नगरपालिकाको ‘कोरोना प्रमाण पत्र’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन्धिखर्क नगरपालिकाको ‘कोरोना प्रमाण पत्र’


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । मुलुक संघीयतामा गएसँगै स्थानीय तहले देखाउने गरेका चटके निर्णयहरू बेला बेलामा चर्चामा आउने गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपाललाई समेत आक्रान्त बनाइरहँदा प्रदेश नं. ५ स्थिति सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँचीले क्यारेन्टिनमा बसेको तथा परीक्षणको नतिजाको प्रमाण पत्र नै दिन थालेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख र प्रयोग शाला परीक्षण गर्ने अधिकारी गरी ४ जनाको हस्ताक्षरमा वितरण गरिँदै आएको प्रमाण पत्र अनावश्यक र फजुल खर्च भन्दै आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस