समय र मान्छे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समय र मान्छे


२४ जेष्ठ २०७७, शनिबार


समयको कठोर प्रहारबाट पिल्सिएर,
थचक्क घुँडा टेक्दैछ मान्छे ।
कैयौं सपनाहरु थाती राख्दै,
कतै गुमनाम हुँदैछ मान्छे ।।

तछाड मछाडको होड छाडेर,
बेहिसाब एकाएक कतै अस्पटिदै ।
आफ्नै जाति, साथी र संगतिबाट,
त्रसित बनि भाग्दैछ मान्छे ।।

आफ्नै सँघारभित्र स्वयम् बन्दि बनि,
दिनहुँ थपिदै र थुप्रिदै गएका,
मानव मृत्युका खबरहरुलाई,
टेलिभजन र इन्टरनेटबाट नियाल्दैछ मान्छे ।।

युगौंदेखिको आफ्नै अपराजित विरासतको
अथक र अबिचलित धावक उ,
युद्द भूमिमा अनिच्छित गतिशुन्य हुँदै,
निस्काम निस्तेज आज छट्पटिंदैछ मान्छे ।।

Tags :
प्रतिक्रिया दिनुहोस