दुई सहायक वन अधिकृत एक-एक लाख घुससहित पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुई सहायक वन अधिकृत एक-एक लाख घुससहित पक्राउ


२१ जेष्ठ २०७७, बुधबार


ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सेतक चिनीको छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग घुस मागगरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको इटहरी स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस