कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि


२० जेष्ठ २०७७, मंगलबार


काठमाडौं । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मंगलबार कोरोना पुष्थिट भएकामा सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जना छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । अहिलेसम्म पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था समानय रहेको स्वास्थ्य सेवा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस