दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारको आग्रह


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा आग्रह गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस