बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला


१० जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन्। दिउँसो ३ बजेपछि सुरु भएको भेलामा नेकपाका सचिवालय सदस्यबाहेक अर्थमन्त्री युवराज खतिवडा, स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली र भीम रावल सहभागी रहेका छन् ।

बैठकमा बजेटको विषयमा छलफल हुने छ । बजेटकै विषयमा छलफल हुने भएकाले अर्थमन्त्रीलाईसमेत बोलाइएको हो ।

त्यसै गरी बैठकमा नयाँ नक्सा जारी पछि सीमाका विषयमा कसरी अघि बढ्ने भन्ने छलफल हुनुका साथै र अमेरिकी मिलिनियम च्यालेन्ज(एमसीसी) का विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस