गभर्नर सिफारिस गर्न समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गभर्नर सिफारिस गर्न समिति गठन


१७ चैत्र २०७६, सोमबार


बैंक

काठमाडौँ । सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयका स्रोतका अनुशार समितिको सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा रहेका छन् ।

समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ र तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस