२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताललाई स्वास्थ्य मन्त्रालयको चेतावनी -कडा र थप कदम चाल्न बाध्य नबनाउनुस्

अ+ अ-

काठमाडौँ । सरकारले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका बिरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसो नगर्न निजी अस्पतालहरूलाई आग्रह गरे।

आकस्मिक सेवा लिन आएका बिरामीलाई नफर्काउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दै उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन चेतावनी दिए।

मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको प्रवक्ता डा।विकास देवकोटाले बताएका छन् ।

कोरोना भाइरस(कोभिड-१९) का लागि सरकारले तोकेका हब अस्पतालले बिरामी लिन्न भन्न नपाउने बताउँदै अनिवार्य रूपमा ज्वरो क्लिनिक राखेर कोरोना लक्षण भएका बिरामीलाई आइसोलेसनमा राखेर थ्रोट स्वाब परीक्षणका लागि टेकुको प्रयोगशाला पठाउनु पर्ने उनको भनाई छ ।

बिरामी र ज्वरोका बिरामी हेर्नुपर्ने ती अस्पतालको दायित्वसमेत भएको उनले जनाए।

हब अस्पताल बाहेक अन्य अस्पतालमा पनि ज्वरोका बिरामी आइहालेमा नफर्काउन उनले अनुरोध गरेका छन्।

सरकारले कोभिड १९ का लागि राजधानीमा नर्भिक, स्टार, वयोधा, अल्का, ह्याम्स, बीएन्डबी, न्युरो, ग्रान्डी र सुमेरु गरी नौ वटा निजी हब अस्पताल तोकेको छ ।

केही दिन अघि मात्र कोरोना भाइरस शंकाश्पद बिरामीलाई उपचार गर्न नमानेर सरकारी अस्पताल टेकुमा फर्काउने राजधानीका दुई निजी अस्पताल ग्रान्डी इन्टरनेशनल हस्पिटल र अल्का हस्पिटललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित समाचार : सम्भावित कोरोना सङ्क्रमित बिरामी फर्काउने ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण

ग्राण्डी र अल्का मात्रै होइन, राजधानीलगायत देशका अन्य निजी अस्पतालहरूलेसमेत अनेक बहाना बनाउँदै आकस्मिक कक्षमा आएका बिरामीहरुलाई ढोकैबाट फकाउने गरेका छन् ।जुन सरासरी गलत हो । उपचार गर्न अटेरी गर्ने अस्पताललाई कडा कारबाही गर्ने मन्त्रालयले जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस