गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने - प्रशासन प्रशासन
prasaLogo
१५ चैत्र २०७६, शनिबार

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने


प्रकाशित मिति : 28 March, 2020 9:05 am

झिमरुक । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्‍याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए।

गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत सङ्कलन गरी खाद्यान्न दिने उनले बताए । पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० केजीसम्म चामल र पाँच केजी दाल दिइनेछ । कोरोना सङ्क्रमण बढेका समयमा नेपालसँगै जिल्ला नै लकडाउन भएका समयमा काम गर्न नपाएका मजदुरलाई केही राहत प्रदानका लागि यो निर्णय गरिएको हो । पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने शर्माले बताए । वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरिने छ ।

नौबहिनी गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलनको कामसमेत गरेको छ । पलिकाका आठ वडामा १५० व्यक्ति गाउँमा आएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए । अन्य मुलुकबाट पालिका क्षेत्रमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस