मेडिकल उपकरण लिन वाइडबडी जहाज ग्वाङझाओ जाँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मेडिकल उपकरण लिन वाइडबडी जहाज ग्वाङझाओ जाँदै


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज (शनिबार) दिउँसो १२ बजे चीनको ग्वाङझाओ जाँदै छ ।

कोरोना संक्रमित बिरामीको उपचारका लागि आवश्यक मेडिकल उपकरण ल्याउन नेपाल एयरलाइन्सको ए३३० वाइडबडी जहाज त्यसपतर्फ प्रस्थान गर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कार्गो उडानका लागि उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस