जनता कर्फ्युले सुनसान भारत, कोरोना संक्रमित ३३० « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनता कर्फ्युले सुनसान भारत, कोरोना संक्रमित ३३०


९ चैत्र २०७६, आइतबार


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मार्च २२ अर्थात आज जनता कर्फ्यु घोषणा गरेसँगै देशभरका सडकहरु सुनसान देखिएका छन् ।

भारत सरकारले आइतबार देशभरका अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३३० पुगेको छ भने चार जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट बच्‍न सोसल डिस्टेन्ससम्बन्धी जनचेतना जगाउने अभियानस्वरुप आज जनतालाई घरबाहिर ननिस्किन आग्रह गरिएको हो ।

साथै अस्पताल र औषधी पसलहरु भने खुला रहनेछन् । दिल्ली सरकार र दिल्ली मेट्रो रेल कर्पोरेशनले आइतबार आफ्नो सेवा रोक्‍ने सूचना जारी गरेको छ ।

महाराष्ट्रमा पनि बिहानैदेखि सडकहरु सुनसान देखिएका छन् । मेडिकलबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएका छन् ।

मुम्बईको लाइफ लाइन मानिएको उपनगरीय रेल सेवा सञ्‍चालनमा असर पर्ने बताइएको छ । उत्तर प्रदेशको राजधानी लखनऊमा पनि मेट्रो सेवा बन्द गरिएको छ । तमिलनाडु सरकारले पनि मेट्रो सेवा रोक्‍ने घोषणा गरेको छ ।

जनता कर्फ्युलाई ध्यानमा राखेर विमान कम्पनीले आइतबार आफ्नो सेवामा कटौती गर्ने घोषणा गरेका छन् । गो एयरले आइतबार आफ्ना सम्पूर्ण उडान रद्द गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस