गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण « प्रशासन
prasaLogo
७ चैत्र २०७६, शुक्रबार

गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण


प्रकाशित मिति : 20 March, 2020 3:56 pm

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज नयाँ बानेश्वर चोकमा दुई हजार ५०० माक्स र ५० स्यानेटाइजर वितरण गरेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसङ्घले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसङ्घ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ”, उनले भने ।

नेविसङ्घका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताए । “दुःखको बेला हातेमालो गरेर अगाडि बढ्नुपर्छ, कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ”, उनले भने ।

नेविसङ्घ स्याङ्जा-काठमाडौँ सम्पर्क समितिका अध्यक्ष इञ्जिनीयर दीपेन्द्र क्षेत्रीले बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएका बेलामा थोरै भए पनि रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले माक्स वितरण समारोह आयोजना गरिएको बताए। नेविसङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवसका अवसरमा आज साँझ २५ जनाभन्दा धेरै मानिस जम्मा नभई देशभरका जिल्ला तथथा क्याम्पस समितिलाई दिप प्रज्वलन गर्न निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस