प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा


५ चैत्र २०७६, बुधबार


काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रशासकिय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

दुई लाख घुस लिएको अभियोगमा प्रशासकीय अधिकृत कमल पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर केसीविरुद्ध आयोगले मुद्धा दायर गरेको हो ।

नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले के.सी.लाई घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि भएपछि प्रशासकिय प्रमुख पौडललाई पनि मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निजहरू कमलप्रसाद पौडेल र चित्र बहादुर के.सी.लाई बिगो रू.२,००,००० र (दुइ लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा  देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस