काठमाडौं । सुशासन तथा राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थित भएपछी बैठक स्थगित भएको हो ।
लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित गर्नु परेको एक सदस्यले बताए ।
मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गरेका थिए । मन्त्रीले चैत्र २ गतेको बैठकमा थप समय मागे पछि पटक–पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।
सहमती जुट्न नसकेका आधा दर्जन मुद्धा मध्ये अरु विषयमा सैद्धान्तिक सहमती भए पनि प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा सहमती हुन सकेको छैन ।