एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना


५ चैत्र २०७६, बुधबार


बागलुङ । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् ।

विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । बागलुङ नगरपालिकाभित्र यती धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ ।

विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिले अक्षयकोष स्थापना गरी सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले जानकारी दिए ।

शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, उनले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पु¥याएको छ ।”

प्रधानाध्यापक शर्माका अनुसार अक्षयकोषले विद्यार्थीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । यसले विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

विभिन्न समय र सन्दर्भ पारेर अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढेपछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिएका छन् । अध्यक्ष खड्काका अनुसार, विद्यालयमा रु तीन हजारदेखि दुई लाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन् ।

विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूतरूपमा पूर्वशिक्षक, समाजसेवी, शिक्षाप्रेमीलगायतले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ । भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन, अध्यापन भइरहेको छ । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन् ।

विसं २०११ मा स्थापना भएको विद्यालयमा विसं २०४५ देखि हालसम्म ३१ अक्षयकोष स्थापना भएका हुन् । विद्यालयमा कूल ३२० विद्यार्थी अध्ययनरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस