ग्याँस र पेट्रोलको कृत्रिम अभाव देखाउने फर्मलाई दुई लाख जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ग्याँस र पेट्रोलको कृत्रिम अभाव देखाउने फर्मलाई दुई लाख जरिवाना


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम ग्याँस र पेट्रोलको अभाव देखाउने दुई फर्मलाई कारबाही गरिएको छ ।

नेपाल आयल निगमका कर्मचारी सहितको अनुगमन टोलीले ग्यासको कृत्रिम अभाव देखाउने सत्याल एन्ड किराना पसल, टिका भैरव र पेट्रोलको कृत्रिम अभाव देखाउने मैतीदेवी आयल स्टोरलाई दुई/दुई लाख जरिवाना गरिएको छ

टोलीले खरिद विल नराखेको कसुरमा गजलक्ष्मी आर के स्टोर, च्यासललाई दश हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा २२ हजार पाँच सय बराबरको म्याद नाघिएको खाद्य सामग्री नष्ट गरेको छ भने ग्यास मौज्दात र वितरण अवस्थाका सम्बन्धमा विवरणहरू सङ्कलन समेत गरेको छ ।

मङ्गलवार विभागबाट खटिएको नेपाल आयल निगमका कर्मचारी सहितको अनुगमन टोलीले ग्यास स्टोर, आयल स्टोर र खाद्यान्न स्टोर गरी जम्मा १८ वटा व्यापारिक फर्मको अनुगमन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस