कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि


४ चैत्र २०७६, मंगलबार


लाहान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ ।

केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका-१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस