२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै

अ+ अ-

दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिए ।

सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफैले टहरा हटाउन शुरु गरेको उनले बताए । “हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ”, अध्यक्ष यादवले भने, “तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हौ।

अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ । “घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हुँदै आएको थियो”, उनले भने, “अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।”

जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताए।

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिए । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उनले बताए । “अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ”, उनले भने, “स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ ।”

लमहीमा पनि भत्काइने

हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डमा घर टहरा भत्काउने तयारी थालिएको छ । यसका लागि घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए । “हामीले पनि हुलाकी राजमार्गअन्तर्गत सडक मिचेका घरहरु भत्काउने तयारी थालेका छौँ”, उनले भने, “त्यसका लागि अहिले घरको अभिलेख तयार पार्ने काम गरिरहेका छौँ ।”

पूर्व–पश्चिम राजमार्गदेखि लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको जनाइएको छ । अभिलेख सङ्कलन गरेपछि सर्वदलीय बैठक बोलाएर घर हटाउने विषयमा छलफल गर्नेसमेत नगरप्रमुख केसीले बताए । उनले लमही बजार क्षेत्रका धेरैजसो जग्गाधनीले जग्गाको मुआब्जा पाइसकेको र केहीले आफ्नै कारणले पाउन नसकेको जानकारी दिए । भत्काउने घरको अभिलेख निकालेपछि मुआब्जाको लागि हुकाली राजमार्ग कार्यालय पठाउने र कार्यालयको निर्णयअनुसार काम अगाडि बढाइने प्रमुख केसीको भनाइ छ ।