२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : नेता कोइराला

अ+ अ-

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताएका छन् । नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।’

विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचनासमेत गरे ।

आफ्नो कार्यकाल सकिँनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उनले बताए । ‘१४औँ महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केही काम गर्ने समय नै बाँकी रहँदैन’, उनले भने, ‘समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टी हित हुन्थ्यो ।’

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापतिले महाधिवेशन सकिएको दुई महिनाभित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैलीले कहिल्यै पार्टी बन्न नसक्ने उल्लेख गरे। उनले पार्टीभित्रका विवादलाई हल गरेर अघि बढ्न सकेमात्र कांग्रेसलाई सृदृढ पार्टीका रुपमा निर्माण गर्न सकिने भन्दै व्यक्तिगत फाइदाका लागि पार्टी हित विपरीत कसैले काम गर्न नहुने बताए ।