खाद्य कम्पनीले दुई लाख क्विन्टल धान खरिद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खाद्य कम्पनीले दुई लाख क्विन्टल धान खरिद


प्रशासन संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरेको छ ।

यस वर्ष तीन लाख धान खरिद गर्ने भने तापनि अहिलेसम्म दुई लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनले चैत मसान्तसम्म धान खरिद गरेर तीन लाख क्विन्टल धान पुर्‍याउने बताए ।

उनका अनुसार मोटा धान धनगढीमा ३५ हजार ६९९, बर्दियाको राजापुरमा दुई हजार ८८०, मकवानपुरमा ३० हजार २०१, सत्ती कैलालीमा १४ हजार ३५ र नेपालगञ्जमा नौ हजार २३७ तथा मध्यम धान ३१ हजार ४४० क्विन्टल खरिद गरेको छ । राजापुरमा पुनः पाँच हजार क्विन्टल धान खरिद गर्न भनिएको उनले बताए ।

यसैगरी कम्पनीले विर्तामोडमा सोना मन्सुली धान १८ हजार ९६०, रन्जित धान दुई हजार ४२९, महेन्द्रनगरमा मोटा धान ६ हजार ४२, जनकपुरमा सोना मन्सुली धान १३ हजार ७३८ र बासमती धान ७३ क्विन्टल खरिद गरेको छ । त्यस्तै वीरगञ्ज शाखा कार्यालयबाट सोना मन्सुली १९ हजार ९९९, जिरा मसिनो धान ३२, लहानमा सोना मन्सुली २१ हजार ६९३ र विराटनगरम सोना मन्सुली ५४६ क्विन्टल खरिद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस