प्रधानमन्त्री ओली निवास फिर्ता « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

प्रधानमन्त्री ओली निवास फिर्ता


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए ।

प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस