रोनाल्डो क्वारेन्टाइनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोनाल्डो क्वारेन्टाइनमा


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका छन् ।

इटालीको सिरिए लिगअन्तर्गत युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै क्वारेन्टाइनमा बसेका हुन् ।

रुगानीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै युभेन्टसले आफ्ना सबै खेलाडीलाई क्वारेन्टाइनमा बस्न भनेको छ ।

गत आइतबार सिरिए लिगमा दर्शकरहित रंगशालामा युभेन्टस र इन्टरमिलानबीच भएको प्रतिस्पर्धामा रोनाल्डोले रुगानीसँग ड्रेसिङ रुम सेयर गरेका थिए ।

प्रतिस्पर्धी इन्टरमाथि प्रभावशाली जित निकालेपछि युभेन्टसका खेलाडीले रुगानीसँग खुसी मनाएका कारण अन्य खेलाडीलाई संक्रमण हुन सक्ने आशंका गरिएको हो । कोरोना भाइरसका कारण इटालीमा ३ अप्रिलसम्म सबै खेल स्थगित गरिएको छ ।

स्पेनिस लालिगामा रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बसेका छन् । रियलको बास्केटबल खेलाडीमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि म्याड्रिडले आफ्ना खेलाडीलाई सुरक्षित रहनका लागि क्वारेन्टाइनमा बस्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस