यस्तो छ आज, भोली र पर्सिको मौसमः चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ आज, भोली र पर्सिको मौसमः चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । शुक्रवार, शनिवार र आइतबार गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको प्रभाव रहेकोले देशको पश्चिमी तथा मध्य भू–भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक भएको छ।

महाशाखाद्वारा शुक्रबार जारी बुलेटिनमा तीन दिन मेघ–गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

शुक्रबार

देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार
देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आइतबार
देशका अधिकांश भू–भागमा आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू(भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस