२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब गुराँस मासे कारवाही !

अ+ अ-

बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ ।

लाग्छ, घुम्टे र गुराँस एक अर्काका पर्याय हुन् । गलकोटस्थित घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् । गुराँस संरक्षणमा जुटेका छन् । गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । ‘हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ’, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भने । घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उनको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए।

शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए । ‘विसं २०७० देखि नै गुराँस संरक्षणको प्रयास अगाडि बढाइएको हो’, उनले भने, ‘सामुदायिक वनसँगको सहकार्यमा हामीले पनि काम गरिरहेका छौँ ।’ केन्द्रको पहलमा गत वर्षायाममा घुम्टे जाने पदमार्ग छेउछाउमा १५० गुराँसका बिरुवा रोपिएको उहाँको भनाइ छ ।

केन्द्रले गुराँसको बोटबिरुवा मासेको कहीँकतै भेटिए वन ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सामुदायिक वनलाई आग्रह गरेको छ । गुराँसको घना जङ्गल भने घुम्टेको राष्ट्रिय वन क्षेत्रमा छ । यसअघि पशुचौपायाको खुला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कनै समस्या थियो ।

गुराँस संरक्षण अभियान चलेपछि स्वःस्फूर्तरुपमा काठ–दाउरा कटान र चरन रोकिएको स्थानीयवासी बताउँछन् । गुराँस बलियो काठ भएकाले फर्निचर, ठेकाठेकी, दाउरा र जडीबुटीजन्य औषधि बनाउनसमेत प्रयोग हुँदै आएको थियो ।

गलकोट नगरपालिका–५ टेउवादेखि शुरु हुने पदमार्गमा हिँडेदेखि नै गुराँसका बोट भेटिन थाल्छन् । जतिमाथि चढ्यो उति बाक्लो गुराँसे जङ्गल पुगिन्छ । भीमकाय रुखदेखि ससाना बोटमा ढकमक्क फुलेको गुराँसले पर्यटकलाई मोहित पार्छ । ‘ठ्याक्कै वैज्ञानिक अध्ययन त भएको छैन, तर घुम्टेमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ’, सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राज थापाले भने, ‘पर्यटक लोभ्याउने गुराँसको संरक्षणमा सबैको साथ चाहिन्छ ।’ सामुदायिक वन र पर्यटन विकास केन्द्रले गुराँसको बोट संरक्षण गर्ने, नयाँ बिरुवा रोप्ने र गुराँसको महत्वबारे जनचेतना बढाउने कामसमेत गर्दै आएका छन् ।

कतिपयले जिल्लामा गुराँसको सबैभन्दा ठूलो वन क्षेत्र घुम्टेमै रहेको जिकिर गर्छन् । गुराँस फुल्ने याममा घुम्टे चढ्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुन्छ । पर्यटन विकास केन्द्रले विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमै ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।
घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको लागि उत्सव आयोजना गर्ने गरिएको केन्द्रका अध्यक्ष बस्नेतले बताए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय गुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

गुराँस उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’लगायतका कार्यक्रम गरिन्छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।