नेपाल सरकारका अधिकृत जातीय छुवाछुतको कसूरमा पक्राउ, कारबाही गर्न सांसदहरुको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल सरकारका अधिकृत जातीय छुवाछुतको कसूरमा पक्राउ, कारबाही गर्न सांसदहरुको माग


२८ फाल्गुन २०७६, बुधबार


पक्राउ

काठमाडौं । जातीय छुवाछुतको कसुरमा नेपाल सरकारका एक अधिकृत पक्राउ परेका छन् । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ आएका अधिकृत श्रीकृष्ण बिडारी जातिय छुवाछुत गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।

बिडारीले बालाजुस्थित आफ्नो घरमा डेरा गरी बसेकी महिलामाथि छुवाछुतको भेदभाव गरेको बताइएको छ । उनले घरमा भाडामा बस्ने महिलालाई पानी छोएको निहुँमा भेदभाव गरेको आरोप डेरा गरी बस्दै आएकी महिलाले लगाएकी छन् । पानी छोएको निहुँमा डेराबाट निकाल्न खोजेको महिलाको आरोप छ ।

महिलाले उजुरी दिएपछि बिडारीकी श्रीमती पक्राउ परेकी थिइन् । बिडारी भने मंगलबार प्रहरीमा स्वयम् उपस्थित भएका थिए । आफ्र प्रहरीमा उपस्थित भएका बिडारीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

मंगलबार नै दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे जानकारी गराएका थिए।

बिडारीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउन पनि उनीहरुले माग गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस