पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस