सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२७ फाल्गुन २०७६, मंगलबार


अख्तियार

काठमाडौं । डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवकोटासहित सोही कार्यालयका सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

टेण्डरको काठ उठाए बापत घुस माग्ने गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा सहयाक वन अधिकृत देवकोटाले कार्यालय सहयोगीमार्फत घुस लिन लगाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस