२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठचोरीको आरोपमा सुपरभाइजर पक्राउ

अ+ अ-

डडेल्धुरा । काठ चोरी गर्ने सुपरभाइजर पक्राउ परेका छन् । डडेल्धुराको जोगबुडाबाट काठचोरी गर्ने राजेन्द्र निर्माण सेवा कम्पनीका सुपरभाइजर कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रहमदेव बस्ने चक्रबहादुर साउद पक्राउ परेका हुन्।

परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाको टोलीले काठ चोरेर लुकाएको अवस्थामा फेला पारेपछि साउदलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय जोगबुडामा राखेको जनाएको छ।

जिल्लाको परशुराम नगरपालिका–१२ मा घाटगद्दीमा राखेको सालको गोलिया चोरी गर्ने साउदलाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

परशुराम नगरपालिका वडा नं. १ को सिद्धनाथ सामुदायिक वन अचलसैनले आर्थिक वर्ष २०७४÷०७५ मा सामुदायिक वन क्षेत्रबाट संकलन गरी लालढुङ्गा बजार नजिक घाटगद्दी गरेकोमा सो स्थानबाट गोलीया चोरी भएको भनि पुस ६ गते र फागुन २३ गतेको निवेदनको विशेष सूचनाका आधारमा गस्ती गर्ने क्रममा लुकाइ राखेको अवस्थामा काठ बरामद गरिएको हो।

सालको गोलिया थान एक १३.३५ क्युफिट जोगबुढा कटालको निमार्णाधीन रंगुन पुलनजिक कामदार बस्नका लागि बनाइएका टहरामा लुकाइ राखेको अवस्थामा बरामद गरेको परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए।

राजेन्द्र निर्माण सेवा कम्पनीले निर्माण गर्दै गरेको निमार्णाधीन पुलको सुपरभाइजर पदमा कार्यरत साउदले टहरा निमार्ण गरि काठ लुकाइ राखेका अवस्थामा फेला परेपछि साउदले यसअघि पनि काठ चोरेको हुनसक्ने आशंका गरिएको छ।

उक्त घाटगद्दी गरिएको क्षेत्रबाट हालसम्म ९१ क्युफिट काठ चोरी भएको सामुदायिक वनले जनाएको छ। पक्राउ परेका साउदलाई सामुदायिक वन उपभोक्ता समितिको विधान एवं वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत केसीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस