सुनको मूल्य दुई सयले बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य दुई सयले बढ्यो


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस