२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाथ बालबालिकाको दृष्टि मापन गरी दृष्टि मापन मार्च महिना २०२० मनाइयो

अ+ अ-

डोटी । नेपाल दृष्टि विशेषज्ञ सङ्घले सन २०२० देखी मार्च महिना भरी नै दृष्टि मापन गर्ने र आँखा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको मार्च दृष्टि मापन महिना अन्तर्गत आज Renew Foundation Nepal एक अनाथालयमा बालबालिकाको दृष्टि मापन गरिएको छ।

मनमोहन मेमोरियल इन्स्टिच्युट काठमाडौँमा अध्ययनरत अमृत विष्ट, एन्जिला पाण्डे, दिव्या तिवारी र आस्था महर्जनले उक्त अनाथालयमा बालबालिकाहरूको दृष्टि मापन गरेका हुन।

प्रायजसो अनाथालयहरू सीमित स्रोतसाधनमा सञ्चालन हुने र सीमित स्रोतसाधनकै कारण बालबालिका विभिन्न स्वास्थ्य सेवाको पहुँचबाट टाढा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै अनाथालयमा दृष्टि मापन गरिएको दृष्टि मापन मार्च २०२० का मनमोहन कलेज संयोजक अमृत विष्टले बताए । विष्ट भन्छन्, ‘क्ष्रदेय गुरु दृष्टि मापन मार्च २०२० का सल्लाहकार व्यक्तित्व कमल रानाभाटले दिएको यस अभियानमा जुट्ने सुनौलो अवसर र अथाह सहयोग सँगै अभियानका राष्ट्रिय संयोजक दीपक शाह ज्यु र विद्यार्थी संयोजक विपिन कोइराला ज्युको पनि अथाह सहयोग आफ्नो प्रेरणा भएको कारण अझै सशक्त तरिकाले यस अभियानमा होमिने छौँ ।’

अनाथालयका सञ्चालक विशाल टमाटाले विभिन्न सहयोगी हातहरूको कारण संस्था चलेको र आगामी दिनहरूमा पनि सहयोग पाइरहने अपेक्षा रहेको बताए ।
दृष्टि मापनको क्रममा ३९ जना बालबालिकाको दृष्टि मापन गरिएको थियो भने २ जनामा न्यून दृष्टि पाइएको थियो।

मार्च १ तारिकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय भानुभक्त ढकालद्वारा मन्त्रालय परिसरमै उद्घाटन गरिएको यस अभियानले पाँच वर्ष माथिका कम्तीमा १ लाख जनाको दृष्टि मापन गर्ने लक्ष्य राखेको मनमोहन मेमोरियल इन्स्टिच्युटमा अध्ययनरत अमृत विष्टले जानकारी गराए ।