२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक संघ

अ+ अ-

काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच संघले औषधिको कमी हुन नदिने जनाएको हो ।

संघले आज पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ । सम्मेलनमा संघका अध्यक्ष जि नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताए ।

उनले भने, ‘भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौँ, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनौँ ।’

नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् । संघका महासचिव विप्लव अधिकारीले नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा वर्तमान परिस्थितिले सबैमा सचेतना बढोस् भने ।

उनले हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई आग्रह गर्नुपर्ने अवस्था नरहेको जनाउँदै निजी औषधि उद्योगसँग सरकारले सहकार्य गरेमात्र पुग्ने बताए । संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक संघसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरु नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पारे ।

नेपाल हाल करिब ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ भने बाँकी औषधि विभिन्न मुलुकबाट आयात हुने गरेको छ । गत वर्ष मुलुकमा स्वदेशी र विदेशी गरी करिब रु ७० अर्ब मूल्य बराबरको औषधि खपत भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस