‘प्रेमगीत–३’को टिजर सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘प्रेमगीत–३’को टिजर सार्वजनिक


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव अभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेमगीत–३’को टिजर सार्वजनिक भएको छ। यस वर्षकै बहुप्रतिक्षित मानिएको यस चलचित्रको टिजर निर्माण पक्षले मङ्गलवार सार्वजनिक गरेको हो।

यस अघि पर्दशन भएको चलचित्रको गीत ‘हात्ती ढुङ्गामा’ले लोकप्रियता कमाई सकेको छ। चलचित्रलाई पुरानो कथाको आधारमा निर्माण गरिएको छ।

चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशक गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको एक्सन रहेको छ ।

‘प्रेमगीत–३’मा प्रदीप, कृष्टिना, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही, कृजन गौतम, लक्ष्मी बर्देवालगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्र चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदै छ।

हेर्नुस् टिजर:

Tags :
प्रतिक्रिया दिनुहोस