जबरजस्तीकरणीको आरोप लागेका सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जबरजस्तीकरणीको आरोप लागेका सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

माघ ९ मा उच्च अदालतले पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको थियो । ।

उनी अदालतमा मुद्दाको बहस हुँदै गर्दा भारत गएका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस