पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । आज देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिम पहाडका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि मंगलबार बिहान ६ बजे जारी गरेको सूचनामा पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हावा हुरीको सम्भावना भने नभएको मौसमविदको भनाइ छ ।

आज काठमाडौं उपत्यकामा पनि बदली हुनेछ। तर अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईमा भने सामान्यतया मौसम सफा रहेनछ ।

Tags :
प्रतिक्रिया दिनुहोस