महिलामाथि लाठी वर्षाउने प्रहरी इन्स्पेक्टर जावलाखेल तानिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिलामाथि लाठी वर्षाउने प्रहरी इन्स्पेक्टर जावलाखेल तानिए


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । बच्चा बोकेकी महिलामाथि लाठी वर्षाउने प्रहरी इन्स्पेक्टर जावलाखेल तानिएका छन् । गत बिहीबार बच्चा बोकेकी महिला हेमा श्रेष्ठमाथि अमानवीय व्यवहार गर्ने इन्स्पेक्टर देवी प्रसाद पौडेललाई जावलाखेल तानिएको हो ।

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेललाई जावलाखेल तानी उनको सट्टमा इन्स्पेक्टर सुजित ओझालाई पठाइएको छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी शुक्रबारदेखि छानबिन शुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस