एसीसी इस्टर्न रिजन टी २० : हङकङले दियो नेपाललाई १५५ रनको चुनौती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसीसी इस्टर्न रिजन टी २० : हङकङले दियो नेपाललाई १५५ रनको चुनौती


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको चुनौती दिएको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो ।

हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमै मलेसियाद्वारा २२ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस