मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना


१५ फाल्गुन २०७६, बिहिबार


बर्दिबास । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस