उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्यसहित चण्डिराज ढकाल र महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघको भावि अध्यक्षमा शेखर गोल्छालाई पाएको बताए । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएकाले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने गरेको छ ।

ढकालले नेपालमा राजनीतिक स्थायित्व भएसँगै लगानीको वातावरण पनि बन्दै गएकाले उद्यमी व्यवसायीलाई लगानीका लागि प्रसस्त अवसर भएको बताए । उनले भने, राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।’

‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले महासंघको भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गतिशीत टीम बन्ने विश्वास पनि व्यक्त गरे ।

 

Tags :
प्रतिक्रिया दिनुहोस