सरकारको खुट्टा तान्ने प्रचलन अन्त्य भएको छ : मुख्यमन्त्री राई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारको खुट्टा तान्ने प्रचलन अन्त्य भएको छ : मुख्यमन्त्री राई


१४ फाल्गुन २०७६, बुधबार


खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उनले यो युग हाम्रो युग भएको बताएका हुन् ।

हेलिकोप्टरमार्फत खोटाङ आएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए। ‘यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो’, उनले भने । देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस