विश्वकै वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विश्वकै वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे ।

महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए ।

केही दिनदेखि महातिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस