कांग्रेसको छाया मन्त्रिपरिषद पहिलो बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको छाया मन्त्रिपरिषद पहिलो बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन


११ फाल्गुन २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

छाया सरकार गठन भएको ९ महिनापछि बसेको मन्त्रिपरिषदको बैठकले छायाँ सरकारले ९ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देउवाले बैठक डाकेका हुन् ।

बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

साथै बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस