कोरोना भाइरस : दक्षिण कोरियामा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : दक्षिण कोरियामा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


११ फाल्गुन २०७६, आइतबार


काठमाडौं । दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो ।

नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको छ।

कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ।

दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

हेर्नुस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस