यथास्थितिमा एमसीसी अनुमोदन नगर्न नेकपालाई कार्यदलको सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यथास्थितिमा एमसीसी अनुमोदन नगर्न नेकपालाई कार्यदलको सुझाव


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेकपाले बनाएको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अध्ययन कार्यदलले प्रतिवेदन पार्टी अध्यक्ष द्वयलाई बुझाउँदै यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर छ प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा एमसीसीमा समेटिएका केही बुँदाहरू संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने उल्लेख छ।

नेकपा केन्द्रीय कमिटीको माघ १५ देखि १९ गतेसम्म बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वमा परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल बनाएको थियो।

बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि कार्यदल बनाइएको थियो।

१० दिनभित्र प्रतिवेदन बुझाउने समय सीमा दिइएको कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस