राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन् । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस