शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु


९ फाल्गुन २०७६, शुक्रबार


दोलखा । शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ।

कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो ।

ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस