बालविवाह अन्त्यका लागि गायक खरेलको प्रतिवद्धता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालविवाह अन्त्यका लागि गायक खरेलको प्रतिवद्धता


८ फाल्गुन २०७६, बिहिबार


डोटी । गायक प्रमोद खरेलले बालविवाह अन्त्यका लागि प्रतिवद्धता जनाएका छन् ।

डोटीको दिपायलमा सञ्चालित महोत्सवमा प्रस्तुतीका क्रममा गायक खरेलले बालविवाह डोटी जिल्लाको मात्र नभई देशभरको समस्या रहेको भन्दै त्यसको अन्त्यका लागि प्रतिवद्धता जनाएका हुन् ।

डोटी चेम्बर अफ कमर्सको आयोजनामा दिपायलमा फागुन १ गते देखि १३ गते सम्म डोटी महोत्सव चलिरहेको छ ।

सामुदायिक विकास केन्द्र डोटीले बालविवाह अन्त्य गर्नका लागि डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र पूर्विचौकी गाउँपलिकामा विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस